माेदी सरकारले नेपाल नीति पुर्नविचार गर्नुपर्छः भाकपा

बिहिबार, ०६ पुष २०७४, १८ : २० नागरिक

नयाँ दिल्ली– भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले नेपालमा बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजय प्राप्त गरेपछि मोदी सरकारले नेपालसँगको सम्बन्धमा पुर्नविचार गर्न आग्रह गरेको छ । 
‘नेपालमा महत्वपूर्ण राजनीतिक विकास भएपछि भारतले नेपालप्रतिको धारणामा पुर्नविचार एवं परिवर्तन गर्नैपर्छ’ भाकपा (माक्र्सवादी)ले आफ्नो मुखपत्र लोक लहरको सम्पादकीयमा भनेको छ,‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरि समानतामा आधारित निकट सहयोगी सम्बन्ध स्थापना गर्न मोदी सरकारले प्रयास गर्नैपर्छ ।’

चीनको ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’ योजनालाई सहयोग गर्ने नेपालको निर्णयलाई संदेहपूर्वक नियाल्न पनि भाकपाले भनेको छ ।

सम्पादकीयमा भनिएको छ, ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले ल्याएको बहुमत ‘राजनीतिक रुपमा महत्वपूर्ण विकास’ हो जसको प्रभाव दक्षिण एसियाभरि पर्नसक्नेछ ।’
२०७२ असोजमा जारी गरिएको नयाँ संविधान अनुसार नेपालमा भएका चुनावमा केन्द्रीय संसद र सात प्रदेश मध्ये छ वटामा बाम गठबन्धनले बहुमत ल्याएको छ । भाकपा मार्क्सवादी भनेको छ, ‘नेपालमा बाम गठबन्धनको विजयले मोदी सरकारलाई केही असहज र सन्देह पैदा गरेको छ।’
भारतीय सत्तारुढ संस्थापनले नेपाललाई सँधै कनिष्ठ व्यवहार गर्दै आएको सन्दर्भमा भाकपाले भनेको छ, ‘नेपालले यसका दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग सुमधुर सम्बन्ध स्थापना गर्न चाहन्छ भन्ने कुरा मोदी सरकारले बुझ्नुपर्छ ।’ चीनको ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’ योजनालाई सहयोग गर्ने नेपालको निर्णयलाई संदेहपूर्वक नियाल्न पनि भाकपाले भनेको छ । भाकपाले नेपाल र भारतबीचको साँस्कृतिक एवं ऐतिहासिक आत्मिय सम्बन्धलाई बजबुद बनाउन अग्रसर हुन पनि मोदी सरकारलाई आग्रह गरेको छ । (आइएएनएस)

 







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad