पत्रकार भुसालको निधन रहस्यमय

बिहिबार, ०६ पुष २०७४, १६ : ५७ नागरिक

काठमाडौं—पत्रकार तीर्थराज भुसालको मृत्युको घटना रहस्यमय देखिएको भन्दै छानबिनका लागि माग गरिने भएको छ। शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका क्रममा ललितपुरको मेडिसिटीमा मंसिर २३ गते निधन भएको थियो।

भुसालको १३औँ दिनको स्मृतिमा आज आयोजित शोकसभामा समूहका केन्द्रीय अध्यक्ष दीपक दाहालले आफ्नो टोलीसँग भुसालको परिवारले घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिनमा सघाउन आग्रह गरेकाले त्यसका लागि संस्थामार्फत थप पहल हुने बताए।

भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्ने समेत हालसम्म किटान नभएको पाइएको छ। घटनाबारे प्रहरीले छानबिन गरिरहेको जनाइएको छ।

अध्यक्ष दाहालले भुसालको स्मृतिमा समूहले शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने पनि जानकारी दिए। कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनका संस्थापक प्रिन्सिपल डा.मञ्जु मिश्रले भुसाल आफ्नो असल र मेहनती विद्यार्थी भएको स्मरण गरिन्।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad