coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणमा

दुनै – डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ स्थित गौचर बनमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ। 

बस्ती नजिकैको सो वनमा दुई दिनदेखि लागेको भीषण आगलागी स्थानीयवासीको सक्रियतामा निभाइएको स्थानीय नन्दबहादुर शाहीले बताए। 

आगलागी नियन्त्रणका लागि भिजाइएका कपडा, रुखका हाँगा, कुटो कोदालोसहित गाउँका, महिला, युवा केटाकेटी सबै वनमा पुगेका थिए। 

आगलागीले चरिचरनका रुपमा रहेको रैबुन, भलखोला हुँदै दैचउरसम्मको सम्पूर्ण वन सखाप भएको छ। 

वन सबै आगलागीले सखाप पारेपछि बस्तुभाउ चराउन समस्या भएकाले स्थानीयवासी चिन्तित भएका छन्। 

आगलागीका सम्बन्धमा स्थानीयवासीले नै अनुसन्धान गरिरहेको शाहीले बताए। 

प्रकाशित: ६ पुस २०७४ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App