coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी सरकारको कदम स्वागत याेग्य

रियाद, - साउदी अरब सरकारले महिलालाई सवारी चलाउन अनुमति दिने निर्णय  स्वागतयाेग्य भएकाे साउदी  महिलाहरुले जाएका छन्। साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने गरी सवारी अनुमति पत्र दिने निर्णय हालैमात्र गरेको हाे।

विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका छन्।

सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो। यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरु हुने बताइएको छ।

साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेको उल्लेख गरेका छन्। साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो।

साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो। अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने माग गर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए।

अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।रासस

प्रकाशित: ६ पुस २०७४ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App