४ वैशाख २०८१ मंगलबार
अर्थ

पचास करोडको लगानीमा टायर उद्योग

पथरी—भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ। मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ।

उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्र्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ। सो उद्योगले तत्काल वार्षिक दुई लाख थान टायर उत्पादन गर्ने लक्ष्य लिएको छ।
 

पहिलो चरणमा डेल्टा ब्राण्डका टायर बजारमा ल्याइनेछ। ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखेको सिंघानियाले बताए। उद्योगमा पाँच वर्षभित्रै लगानी विस्तार गरेर रु दुई अर्ब ५० करोड पुर्‍याउने उनको भनाइ छ।

विशाल समूहका निर्देशक अनुज अग्रवालले आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको जनाए। सो टायर उद्योगले कच्चापदार्थ भारतबाट आयात गरिरहेको छ।

 

प्रकाशित: ६ पुस २०७४ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App