८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्प बेलायत भ्रमणमा जाने

ह्वाइट हाउस, - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जाने भएका छन् ।

अमेरिकाको राष्ट्रपति कार्यालयका प्रवक्ता सराह सनडरस् बेलायतका प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणालाई ट्रम्पले स्वीकार गरेका छन्  ।

ट्वीटरको विषयमा यी दुई नेताबीच भएको विवादपछि पहिलो पटक मङ्गलबार बिहान यी दुई नेताबीच वार्ता भएको पनि ह्वाइट हाउसले बताएकाे छ ।

उनीहरुले एक आपसमा क्रिसमस र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि आगामी दिनमा चाल्ने कदमका बारेमा पनि छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ ।

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले पटक–पटक बेलायतका अति अधिकारवादीहरूको भिडियोहरू ट्वीट गरेपछि उनीहरूबीच अहिले “विशेष सम्बन्ध” रहेको बताइएको छ ।

ह्वाइट हाउसका प्रवक्ताले भ्रमणका लागि मेले दिएको निमन्त्रणालाई “स्वभाविक र अपेक्षित भनेका छन्  ।

यस भ्रमणका क्रममा ह्वाइट हाउसले घोषणा गर्ने अपेक्षा गरिएका विषयलाई अन्तिम रूप दिने काम अहिले भइरहेको पनि जनाएको छ । रासस

प्रकाशित: ६ पुस २०७४ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App