७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार महासंघ बैतडीलाई जग्गादान

बैतडी – नेपाल पत्रकार महासंघ, शाखा बैतडीलाई एक स्थानीय बासिन्दाले रु तीन लाख बराबरको जग्गादान गरेका छन्। 

जग्गादान गर्नेमा दशरथचन्द नगरपालिका–५ का रामदत्त भट्ट छन्। पत्रकार महासंघ शाखा बैतडीको आफ्नो भवन नहुँदा समस्या भइरहेका बेला स्थानीयवासी रामदत्त भट्टले तीन आना जमिन दान गरेको पत्रकार महासंघ शाखा बैतडीका सचिव नरी बडुले जानकारी दिए। 

उनले भने “रु तीन लाख बराबरको जग्गादान गरेका छन्।” दान गरेको जमिनमा केही दिनभित्र नै महासंघको भवन निर्माण कार्य थालिनेछ, सचिव बडुले भने। १५ वर्षपछि अब महासंघको आफ्नै भवन हुने भएको छ। 

जग्गादान गर्ने भट्टलाई पत्रकार महासंघ बैतडी शाखाले धन्यवाद ज्ञापन गरेको छ। सदरमुकाम नजिकै पल्लाचौडाली भन्ने ठाउँमा रहेको उक्त जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमार्फत पत्रकार महासंघको नाममा पास गरेको हो। नेपाल पत्रकार महासंघको शाखा, बैतडीमा विसं २०५९ मा स्थापना भएको थियो। 

प्रकाशित: ६ पुस २०७४ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App