८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले सचिवहरुलाई भने: तीन दिनभित्र परिणाममुखी योजना पेश गर्नुस्

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणाममूखी योजना पेश गर्न निर्देशन दिएका छन्।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै   थोरै समय भएको र धेरै काम गर्नु पर्ने भएको भन्दै तीन दिन भित्र आफ्नो क्षेत्रको योजना पेश गर्न भनेका हुन्।

प्रधानमन्त्री दाहालले परिणाम निकाल्ने कार्यतालिका पनि चाहिने बताए। प्रधानमन्त्रीले सरकारका प्राथमिकताबारे स्पष्ट हुन पनि सचिवहरुलाई निर्देशन दिए। ‘संविधानको स्वीकार्यता बढाएर कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, शान्ति प्रक्रियाको पूर्णता, सार्वजनिक सेवाको प्रभावकारिता एवं सुशासन र समृद्धि सरकारका प्रमूख लक्ष्य हुन्, यसबारे सरकारका सबै संयन्त्र स्पष्ट भएर कार्यान्वयनमा जानुपर्छ’ दाहालले भने।
प्रधानमन्त्रीले कर्मचारीहरुलाई सरुवा, बढुवा, विदेश भ्रमण, सेमिनार, गोष्ठी जस्ता औपचारिक कार्यक्रम र व्यक्तिगत लाभमा नअल्झन निर्देशन दिए। दाहालले विदेश जाने युवाहरुलाई विमानस्थलमा दुख नदिन पनि निर्देशन दिए। '४० लाख युवाहरुलाई देशमा रोजगार दिन सकिएको छैन कम्तिमा बिमानस्थल, अध्यागमन, भन्सार र राहदानीमा कम्तिमा पनि सास्ती नदिनु।'

 

प्रकाशित: २३ श्रावण २०७३ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App