८ वैशाख २०८१ शनिबार
खेल

म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरियो

इङ्ल्याण्ड- म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ। शनिबार राति सम्पन्न खेलमा इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको युनाइटेड च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीसँग २–१ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो।

खेलको ५१औं मिनेटमा ब्रायनले गोल गर्दै ब्रिस्टोल सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर ५८औं मिनेटमा युनाइटेडका लागि जाल्टन इब्राहिमोविचले बराबरी गोल फर्काएका थिए। खेलको ९० मिनेटसम्म गोलरहित बराबरी खेले पनि इन्जुरी समयमा कोरी स्मिथले गोल गर्दै ब्रिस्टोललाई सेमिफाइनलमा प्रवेश गराए। 

राति नै भएको अर्को खेलमा चेल्सी भने विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। चेल्सीले बर्नमाउथलाई २–१ ले पराजित गरेको हो। चेल्सीका लागि विलियनले १३औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि ९० औं मिनेटमा बर्नमाउथका लागि गोस्लीङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर त्यसपछि इन्जुरी समयमा सम्हालिन नसक्दा बर्नमाउथ पराजित हुन पुग्यो। इन्जुरी समयमा चेल्सीका लागि अल्भारो मोराटाले गोल गरेका थिए। 

प्रकाशित: ६ पुस २०७४ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App