coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इपिएलमा ललितपुर–भैरहवा र चितवन–काठमाडौं भिड्दै

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे हुने पहिलो खेलमा  ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्स र शरद भेषावकरको भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ। द्ई खेलमा १ जित र १ मा हार ब्यहोरेको ललितपुर र पहिलो खेलमा काठमाडौं किङ्सलाई पराजित गरेको भैरहवा भिड्न लागेका हुन्। 

त्यस्तै आजै हुने दोस्रो खेलमा दीपेन्द्र सिंह ऐरीको चितवन टाइगर्सले श्रीलंकन खेलाडी फारभिज माहरुफको काठमाडौं किङ्स ११ सँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिबि क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजेपछि सुरु हुनेछ। दुईमध्ये २ वटै खेलमा पराजित काठमाडौं आज पहिलो जितको खोजीमा मैदान उत्रदा चितवन पनि पहिलो जितको खोजीमा हुनेछ।

चितवन पहिलो खेलमा पोखरा राइनोजसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो। 

 

प्रकाशित: ६ पुस २०७४ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App