८ वैशाख २०८१ शनिबार
राजनीति

आयोग मतगणना प्रमाणीकरणमा व्यस्त

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणनाको प्रमाणीकरण गरिनसक्दा नतिजा सार्वजनिक गर्न नसकेको जनाएको छ ।
दलहरूबीच कुरा नमिलेका कारण सरकार गठनमा ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला आयोग भने मत प्रमाणीकरण गर्नमै व्यस्त छ । आयोगले निर्वाचन भएको १५ दिन बितिसक्दा समेत समानुपातिक मतपरिणाम सार्वजनिक गरेको छैन ।
आयोगका प्रवक्ता नवराज ढकालले सबै जिल्लाबाट निर्वाचन अधिकृतहरूको हस्ताक्षर भएको कागज आइसकेको बताए । मतदान अधिकृतको हस्ताक्षरसहितको मत र यसअघि तथ्यांकमा राखिएको मत विवरण प्रमाणित गर्न आयोग व्यस्त रहेको उनले बताए ।
‘आयोगले नियमित काम गरिरहेको छ । जिल्लाबाट आइसक्यो, टेबुलेसन गर्दैछ,’ प्रवक्ता ढकालले भने, ‘सबै भेरिफाई गर्नुपर्ने हुन्छ । आयोगलाई ढिला गरेर के फाइदा छ र !’
समानुपातिकतर्फ सबै मतगणनाको तथ्यांक प्रमाणित गर्न अझै तीनचार दिन लाग्न सक्ने उनले बताए । ‘यत्ति दिन लाग्छ भन्ने अनुमान गर्न गाह्रो छ । तीनचार दिन लाग्ला,’ ढकालले भने ।
प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ मतगणना सकिए पनि निर्वाचन आयोगले परिणाम  घोषणा गरेको छैन ।

 

प्रकाशित: ६ पुस २०७४ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App