coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कतार पछि नेपालमा ‘मन त परदेशी’

काठमाडौं-रोजगारीको लागि खाडी मुलुक पुग्दा नेपाली युवाहरुले झेल्ने र झेल्दै आएका पीडाहरुलाई उठान गर्दै निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ प्रदर्शनका लागि तयार भएको छ । फिल्म युनिटले बुधबार राजधानीमा पत्रकारमाझ फिल्मलाई कतार पछि नेपालमा प्रदर्शन गर्न लागिएको जानकारी दियो ।
फिल्मका निर्माता दुर्गाबहादुर खड्काले कतारमा आफू बस्दा नेपालीले भोगेको पीडालाई देखेकाले त्यही विषयलाई फिल्ममा प्रस्तुत गरिएको बताए । ‘देश छोडेर रोजगारीका लागि विदेशमा जाँदा त्यहाँका नेपालीले भोग्ने अनेक समस्यालाई फिल्ममा देखाएका छौं,’निर्माता खड्काले भने,‘केही समय अघि कतारमा हामीले फिल्म देखाउँदा राम्रो प्रतिक्रिया पायौं । यो फिल्म हेरिरहँदा दर्शकले आफ्नै कथा हेरेको महशुस गर्नुहुनेछ ।’
नायक दीपेशराज पाण्डेले फिल्ममा हरेक नेपालीको कथा रहेको बताए । ‘आफ्नो गाउँ छोडेर मानिसहरु किन विदेसिन्छन् भन्ने विषयलाई फिल्ममा उठान गरिएको छ ।’ उनले भने । नायिका समिता गिरीले आफूले गाउँले प्रेमिकाको भूमिकामा अभिनय गरेको खुलाइन् । 
फिल्मका निर्देशक देव नेपाल हुन् । फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नीलगायतका कलाकार को अभिनय छ ।  दुर्गाबहादुर खड्का र भुवन शर्मा कँडेलले निर्माण गरेको फिल्ममा पुश्कर सुनुवारको संगीत तथा  मरुभूमि नारायण र राजेन्द्रकुमार थापाको छायांकन छ ।

 

प्रकाशित: ६ पुस २०७४ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App