८ वैशाख २०८१ शनिबार
कला

जी अवार्डमा बरुण र आलिया उत्कृष्ट

मुम्बई–सन् २०१७ मा प्रदर्शनमा आएका बलिउड फिल्महरूमध्ये केही स्टार अनुहारका फिल्मले बक्स अफिसमा सफलता नपाउँदा नसोचेका फिल्मले दर्शकको मन जिते । सानो बजेटमा बनेर पनि विषयबस्तुमा अब्बल फिल्मले दर्शकको मनसँगै बक्स अफिसमा पैसा पनि राम्रै बटुले । मुम्बईमा मंगलबार बेलुकी सम्पन्न ‘जी सिने अवार्ड २०१८’ मा अवार्ड पाउने कलाकारको नाम हेर्दा पनि यो कुरा प्रष्ट देखियो ।
आमिर खान स्टारर फिल्म ‘सिक्रेट सुपरस्टार’का लागि आमिरले अवार्ड नपाए पनि यो फिल्मले चार अवार्ड जित्यो । फिल्मका लागि राज अर्जुनले ‘बेस्ट एक्टर इन ए निगेटिभ रोल’, मेहेर भिजले ‘बेस्ट सर्पोटिङ एक्टर फिमेल’, अद्वेत चन्दनले ‘बेस्ट डेब्युटेन्ट डिरेक्टर’ र अमित त्रिवेदीले ‘बेस्ट म्युजिक’को अवार्ड सुरक्षित गरे ।
बलिउडमा ‘हट केक’का रूपमा उदाइरहेका नायक वरुण धवनले फिल्म ‘बद्रीनाथकी दुल्हनिया’बाट ‘बेस्ट एक्टर मेल’को अवार्ड पाउँदा यही फिल्मका लागि अखिल सचदेवाले ‘बेस्ट प्लेब्याक सिंगर मेल’, सोहेल सान्वारीले ‘बेस्ट साउण्ड डिजाइन’ र नायिका आलिया भट्टले ‘भ्युअर्स च्वाइस बेस्ट एक्टर फिमेल’को अवार्ड जितिन् ।
अवार्डमा ‘बरेलीकी बर्फी’बाट निर्देशक आश्विनी इयर तिवारीले ‘बेस्ट डिरेक्टर’को अवार्ड जित्दा कमेडी जनराको फिल्म ‘गोलमाल अगेन’ले ‘बेस्ट फिल्म’को अवार्ड पायो । अभिनेत्री श्रीदेवीले फिल्म ‘मम’बाट ‘बेस्ट एक्टर फिमेल’ अवार्ड चुम्दा फिल्म ‘मुबारकन’का लागि अनिल कपुर ‘बेस्ट सर्पोटिङ एक्टर मेल’ ठहरिए ।
सलमान खान स्टारर फिल्म ‘ट्युबलाइट’बाट मटिन रे टंगुले ‘बेस्ट डेब्युटेन्ट मेल’ को अवार्ड पाउँदा ‘मुन्ना माइकल’का लागि निधि अग्रवाल ‘बेस्ट डेब्युटेन्ट फिमेल’, ‘रइस’का लागि अमिताभ भट्टाचार्यले ‘बेस्ट लिरिक्स’, ‘रब्ता’बाट निकिता गान्धी र ‘शादी मे जरुर आना’का लागि ज्योतिका ताङ्ग्रीले ‘बेस्ट प्लेब्याक सिंगिङ फिमेल’, ‘बरेलीकी बर्फी’का लागि नितेश तिवारीले ‘बेस्ट स्क्रिप्ट राइटिङ’को अवार्ड पाए ।
फिल्म ‘गोलमाल अगेन’का लागि जोमोन टी जोनले ‘बेस्ट सिनेमाटोग्राफी’, ‘काबिल’का लागि साम कौशलले ‘बेस्ट एक्सन’ र ‘जग्गा जासुस’का लागि विजय गांगुलीले ‘बेस्ट कोरियोग्राफी’को अवार्ड जिते ।
बलिउड बिग बी अमिताभ बच्चनले ‘लिजेन्ड एक्स्ट्राअर्डिनरी अवार्ड’ पाउँदा फिल्म तथा टेलिभिजनमा २५ वर्षदेखि पु¥याएको योगदान स्वरूप शाहरुख खानलाई ‘विशेष सम्मान’ दिइएको थियो । बलिउड हुँदै हलिउडका फिल्ममा पाइला चालेकी अभिनेत्री प्रियंका चोपडालाई ‘ग्लोबल आइकन एक्स्ट्राअर्डिनरी अवार्ड’ दिइँदा फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ले ‘एक्स्ट्रा अर्डिनरी इम्प्याक्ट अवार्ड’, अभिनेता राजकुमार रावले ‘एक्स्ट्रा अर्डिनरी एक्टर मेल’ र अभिनेत्री तपस्सी पन्नुले ‘नाम सबाना’का लागि ‘एक्स्ट्राअर्डिनरी इम्प्याक्ट एक्टर फिमेल’को अवार्ड पोल्टामा पारिन् ।
‘भ्युअर च्वाइस’को विधामा ‘हाफ गर्लफ्रेण्ड’ले ‘सङ अफ द इयर अवार्ड’, ‘जोली एलएलबी २’का लागि अक्षय कुमारले ‘बेस्ट एक्टर मेल’ र ‘ट्वाइलेट एक प्रेमकथा’ले ‘बेस्ट फिल्म अवार्ड’ पायो ।

 

प्रकाशित: ६ पुस २०७४ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App