१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेभेन–ए साइड फुटबल पोखरामा हुने

काठमाडौं – नेपाल सेभेन ए– साइड फुटबल महासंघको आयोजनामा पुस २६ देखि पोखरामा बाह्रौं दक्षिण एसियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पुस २६ देखि माघ ४ सम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशालामा हुनेछन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ७ राष्ट्रको सहभागिता रहनेछ ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिने नेपाल सेभेन ए– साइड फुटबल महासंघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक नवीन पुनले बताए । जसअनुसार एउटा समूहमा ४ टोली र अर्को समूहमा ३ टोली हुनेछन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको  विजेताले २ हजार अमेरिकी डलर र उपविजेताले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । दक्षिण एसियाली सेभेन–ए साइड फुटबलको यो बाह्रौं संस्करण भए पनि नेपालले हालसम्म केवल तीन पटक मात्र प्रतियोगितामा सहभागिता जनाएको छ ।
नेपालले सन् २००६ मा  भारत र २०१० श्रीलंकामा गरी दुई पटक यो प्रतियोगिताको उपाधि जितिसकेको छ । बंगलादेश प्रतियोगिताको साबिक विजेता टोली हो । नेपालले गत वर्ष बंगलदेशमामा धार्मिक हिंसा फैलिएको भन्दै अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।

 

प्रकाशित: ६ पुस २०७४ ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App