६ वैशाख २०८१ बिहीबार
खेल

प्रेरणाको फाइनल स्थान पक्का

जयकर स्मृति राष्ट्रिय लनटेनिसको यु–१८ गल्र्स सिंगल्समा माहिका राणाविरुद्ध प्रतिस्पर्धा गर्दै मायांका राणा ।

काठमाडौं–प्रेरणा कोइरालाले १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लन टेनिस प्रतियोगितामा बुधबार विजिशा श्रेष्ठलाई २–० को सेटमा हराउँदै यु–१८ महिला एकल स्पर्धाको फाइनलमा स्थान पक्का गरेकी छिन् । ललितपुरको सातदोबाटोस्थित लट टेनिस कोर्टमा भएको पहिलो सेमिफाइनलमा प्रेरणाले विजिशालाई ६–२, ७–६ को सोझो सेटमा हराएकी हुन् । प्रेरणाले अब उपाधिका लागि मायांका र माहिका राणाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । बुधबारै भएको मायांका र माहिकाबीचको दोस्रो सेमिफाइनल १–१ सेटको बराबरीमा रोकिएको छ । खराब प्रकाशका कारण स्थगित गरिएको उक्त खेल बिहीबार सोही स्थितिबाट सुरु गरिनेछ । 
यु–१८ पुरुष एकलमा निन्वाम राई र सम्यकभूषण वज्राचार्यले अन्तिम चारमा स्थान बनाएका छन् । निन्वामले श्रीयश अग्रवाललाई ६–४, ७–५ तथा सम्यकले आकाश मानन्धरलाई ६–०, ६–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।  आदित सुवेदीले कुवेहाङ राईलाई ६–३, ६–० को सेटमा हराउँदै यु–१४ पुरुष एकल विधाको अन्तिम चारमा स्थान बनाएका छन् । सोही विधामा आर्यन गिरीले निश्चल अधिकारीलाई ६–३, ६–१ तथा निशान श्रेष्ठले आदित अग्रवाललाई ६–०, ६–१ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका छन् । आदित सुवेदीले वाकओभर दिएपछि सरोज तामाङले सीधै सेमिफाइनलमा स्थान बनाए । 
यु–१४ उमेरसमूहकै महिला एकलमा अभिलाषा विष्टले रायना शाहलाई ४–६, ६–१, ६–१ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरिन् । उनले अब उपाधिका लागि इशाश्री शाहसँग प्रतिस्पर्धा गर्नेछिन् । इशाश्रीले सर्भानी श्रेष्ठलाई ६–२, ३–६, ६–३ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएकी हुन् । 
यु–१० महिला एकलमा इभा अधिकारीले प्रशंसा मोक्तानलाई ६–२, ६–१ तथा सुनिरा थापाले उत्साह लामालाई ६–३, ६–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरे । सोही स्पर्धाको पुरुष एकलमा आरभसम्राट हाडाले शाश्वत वज्राचार्यलाई ६–०, ६–०, राजवीर प्रधानले निशद जोशीलाई ६–१, ६–१, सक्षमविक्रम शाहले श्रीयोग अधिकारीलाई ६–०, ६–१ तथा प्रणव मानन्धरले आयुष्मानहजुर घलेलाई ६–२, ६–२ को सोटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

 

प्रकाशित: ६ पुस २०७४ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App