८ वैशाख २०८१ शनिबार
समाज

अवैध हतियारसहित ६ जना पक्राउ

बारा – अवैध हतियारसहित शंकास्पद गतिविधिमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोल्हवी नगरपालिका –२ स्थित भलुहीखोर सडकमा चेक जाँचको क्रममा मंगलबार साँझ अवैध हतियारसहित तीन नेपाली र तीन भारतीय नागरिक पक्राउ परेका हुन् ।

निजगढबाट कोल्हवी आउँदै गरेको ना.१ ह ८०१५ नम्बरको टेम्पोमा रहेका उनीहरुको साथबाट तीन थान कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने ७ राउन्ड गोली, धारिलो हतियार र ६ थान मोबाइल सेट समेत प्रहरीले बरामद गरेको छ ।

‘प्रारम्भिक अनुसन्धानमा कोल्हवी क्षेत्रमा लुटपाट गर्ने योजनासहित भारतको सितागढीबाट १५ दिनअघि ६ जना नेपाल प्रवेश गरेको खुलेको छ,‘बुधबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले भने । पक्राउ पर्नेमा भारतस्थित बिहार राज्यको सितामढी ग्राम पंचायत बिसुनपुर गोनाही–१ का पप्पु सहनी, दिनेश दास, सञ्जय साह, सर्लाहीको मलंगवा नगरपालिका–२ का दिनेशकुमार साह सोनार, रामसेवक महरा र जगत महरा रहेका छन् ।

प्रकाशित: ५ पुस २०७४ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App