पोखरा –बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण हुने भएकाे छ । वृद्धवृद्धा र अशक्तलाई लक्षित गरेर लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गर्न लागेकाे हाे । बुधबार अायाेजित कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र बिन्ध्यवासिनी क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले लिफ्ट निर्माणसम्बन्धी सम्झौतामा संयुक्त हस्ताक्षर गरेका थियो ।
लक्ष्मी ग्रुपकाे ४५ वर्षकाे अवसर पारेर बिन्ध्यवासिनी मन्दिरमा करिव ८० लाखकाे लागतमा लिफ्ट निर्माण हुन लागेकाे जानकारी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले दिएका छन् । 'लक्ष्मी ग्रुप ४५ वर्षमा प्रवेश गरेकाे अवसर पारेर बिन्ध्यवासिनी मन्दिरमा करिव ८० लाखकाे लागतमा लिफ्ट निर्माण गर्न लागेका हाैं । यसले वृद्धवृद्धा र अशक्तहरूले सहज रूपमा बिन्ध्यवासिनी मन्दिर दर्शन गर्न पाउनेछन्,' उनले भने ।
प्रकाशित: ५ पुस २०७४ ०९:१७ बुधबार