उफ ! कस्ताे जाम र धूलाे (फाेटाे फिचर)
काठमाडौं – बाटो बिस्तार र निर्माणको काम तोकिएको समयमा नसकिदाँ राजधानीबासी हरेक दिन धुलो र जामको मारमा परेका छन् । थानकोट हुँदै राजधानी छिर्ने र बाहिरिने सवारी साधनको जाम र धुलोको व्यवस्थापन गर्न नसक्दा यात्रुहरुले सास्ती भोगिरहेका छन् ।
करिव १३ किमीको नागढुंगा–रत्नपार्क सडकखण्ड निर्माणको काम पुरा हुन सकेको छैन् । सडक विभागका अनुसार ६ लेन बनाउन लागिएको कारण यस रुटमा चल्ने सवारी साधन घण्टौं जाममा पर्ने गरेका छन् । निर्माण चलिरहेको सडकमा जथाभाबी निर्माण सामग्री राखेर साँघुरो बनाइएको छ। यसले गर्दा थानकोट हुँदै राजधानी छिर्ने र बाहिरिने सवारी साधनहरु कलंकीको जाममा पर्ने गरेका छन् ।
‘जथाभावी बाटो बिस्तार र अस्तव्यस्त सडकको कारण बस चढेर कलंकीदेखि रत्नपार्क पुग्ने हो भने आधा घण्टामापनि पुगिन्न् । त्यसमाथि जताततै धुलैधुलोको कारण मार परेका छौं,’ थानकोटकी मनिषा थापाले भनिन्,‘बिहान बेलुकी जुनैपनि बेला जाम हुन्छ । यसले गर्दा तोकिएको स्थानमा भनेको समयमा पुग्न पाइन्न्।’