४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

 

टोकियो,  एएफपी - जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली जडान गर्ने भएको छ ।

जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रहरुको आक्रमणबाट जापानलाई जोगाउने छ ।

उक्त निर्णय जापानको मन्त्रिपरिषदले मङ्गलबार गरेको जानकारी जापानको राजधानी टोकियोबाट गराइएको छ ।
यस्ता दुई वटा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसम्बन्धी यन्त्र जापानी भूमिमा जडान गर्न लागिएको बारेमा मन्त्रिपरिषदले मङ्गलबार निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानाकारी दिएका छन् ।

यो नयाँ निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ । दुई महिनामात्र अघि पनि उत्तर कोरियाले जापानको समुद्रमा नै पर्नेगरी क्षेप्यास्त्र हानेको थियो ।

जापानी मन्त्रिपरिषदको मङ्गलबारको बैठकपछि सरकारी प्रवक्ताले भने – उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विकास नयाँ मोडमा पुगेको र यसले आगामी दिनमा चुनौती  थप्न सक्ने देखिएकोले प्रतिरक्षाका लागि उक्त निर्णय गरिएको हो ।

 उत्तर कोरियाले यसअघि पनि जापानी भूमिमा यस्तो क्षेप्यास्त्र हानेको र आगामी दिनमा फेरि यस्तो नहोला भन्न सकिने अवस्था नरहेकोले यो प्रणाली जडान गरिएको उनले बताए ।

प्रकाशित: ५ पुस २०७४ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App