coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

गौरिकाले आज प्रतिस्पर्धा गर्दै

काठमाडौँ –रियो ओलम्पिक अन्तर्गत छनोट चरणमा नेपाली पौडी खेलाडी गौरिका सिहंले आज महिला १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछिन्।

अक्वान्टिक्स् स्टेडिममा हुने छनोट चरणमा उनले कोसोभोकी रिता जिकिरी र समाओकी इभिलिना अफाओसँग प्रतिस्पर्धा गर्नेछिन् । खेल नेपाली समय अनुसार आइतबार राती ९:४७ मा हुँदैछ।

सिंह जारी रियो ओलम्पिककै कान्छी खेलाडी बन्दै चर्चीत बनेकी थिइन्।

गत फेब्रुअरीमा भारतको गुवाहाटीमा सम्पन्न १२ औ साग गेममा ३ रजत र १ कास्य पदक जित्दै उनले अन्तराष्ट्रिय पौडीमा नेपालको पदकको खडेरीलाई तोडेकी थिइन्।

 

 

प्रकाशित: २३ श्रावण २०७३ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App