८ वैशाख २०८१ शनिबार
खेल

इपिएलमा विराटनगरको दोस्रो जीत दर्ता

काठमाडौं– पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा दोस्रो जीत दर्ता गर्न सफल भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा पोखरा राइनोजले दिएको १२३ रनको लक्ष्य विराटनगरले १९.४ ओभरमा ७ विकेट गुमाइ पुरा गर्‍यो। विराटनगरको जीतमा बिदेशी खेलाडी अन्सुमन रथलले अर्धसतकीय पारी खेल्ने क्रममा ६१ बलको सामना गरि सर्वाधीक ६० रनको योगदान गरे । त्यस्तै बाबर हयातले २२, कप्तान पारस खड्काले ११ र  प्रनित थापा मगरले नटआउट ९ रनको योगदान गरे। पोखरा राइनोजका लागि सुसन भारी र इसरुल्लाले २/२  तथा कप्तान शक्ति गौचन र सुनिल धमलाले १/१ विकेट हात पारे।

यसअघि टस हारेर पहिला ब्याटिङ्को निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १२२ रन बनाएको हो। पोखराका लागि राजेश पुलामी मगरले सर्वाधिक ३० रनको योगदान दिए । पहिलो खेलमा चितवन टाइगर्सविरुद्व नटआउट ६१ रन बनाएका इसरुल्लाह आज २१ रनमा पारस खड्काको बलमा पेभेलियन फर्किए । त्यस्तै ओपनर ब्याट्समन सुनिल धमला र विदेशी खेलाडी ताज वलीले समान १८/१८ रनको योगदान दिए।

पोखरालाई १२२ रनमा समेट्न विराटनगरका लागि कप्तान पारस खड्काले ३ तथा वसन्त रेग्मी, करण केसी र रामनरेश गिरीले एक एक विकेट लिए।

केही समयपछि आजको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्स ११ भिड्दैछन्।

प्रकाशित: ५ पुस २०७४ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App