coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु

मनिला, रासस- फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ ।

मध्य फिलिपिन्सको बिलिरन प्रान्तमा गएको पहिरोबाट थप १० व्यक्तिको शव निकालिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बिलिरन प्रान्तको पहिरो प्रभावित क्षेत्रमा अझै पनि २३ व्यक्ति हराइरहेका सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

‘काइ–ताक’ नामक आँधी र त्यसलगत्तैको भीषण पहिरोका कारण कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीले सोमबार नै जानकारी दिएको थियो ।

बिलिरन, लेएटे पूर्वीसमार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ । फिलिपिन्सका केही प्रान्तमा गत शनिबारबाट शुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो ।

शनिबारबाट शुरु भएको यस आँधीका कारण कैयौँ उडान र डुङ्गाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन् । मङ्गलबार पनि सबै उडान तथा समग्र यातायात सेवा नै प्रभावित भएको बताइएको छ ।

प्रकाशित: ५ पुस २०७४ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App