६ वैशाख २०८१ बिहीबार
समाज

दाँतको उपचार गराउँदा विरामीको मृत्यु

गुल्मी – रेसुङ्गा हस्पिटलमा दाँतको उपचार गराउन गएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दाँतको उपचार गर्न रेसुङ्गा अस्पताल पुगेका मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको ज्यान गएको हो। अर्यालको गिँजाको पिप निकाल्ने क्रममा बुधवार राती मृत्यु भएको हो।

सामान्य दाँत दुखेर रेसुङ्गा अस्पत्ताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उनको होस नफर्केको मृतकका आफन्तहरूले बताएका छन्। ‘दाँत दुखेर मगंलवार दिउँसो २ बजे रेसुङ्गा अस्पताल पु¥याएका थियौ आफन्त हरि केसीले भने ‘अस्पत्ताल पुगेपछि अप्रेसन गरेर पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उहाँ फर्कनुभएन।’ डक्टरको लापर्वाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप रहेको छ । ‘तपाइँहरूले सक्नुहुन्न भने हामी बाहिर लैजान्छौँ भनेको हो, तर यहाँ हुन्छ भनेर उपचार गरेका हुन’ अर्का आफन्त बुद्धि गौतमले भने ‘इन्फेक्सन भएकोलाई कम्तिमा २४ घण्टा एण्टीबायोटिक दिएपछि मात्र चिरफार गर्नुपर्नेमा त्यो नगरेर डाक्टरले लापर्वाही गरे।’ 

अर्यालको मृत्यु पछि उनका २१ वर्षीय छोरा अस्पत्तालमै बेहोस छन् । डाक्टरको लापर्वाहीको कारण मृत्यु भएको भन्दै आफन्तहरूले शव उठाउन मानेका छैनन्। ‘अस्पत्तालको लापर्वाही देखिएपछि अहिले हामीले शव छुने कुरा हुँदैन मालिका ६ का वडा अध्यक्ष शोभाखर गिरीले भने‘ परिवार अस्पताल प्रशासन र डाक्टरहरूको छलफलपछि मात्र शव उठाउने हो।’ उनका अनुसार अस्पताल सञ्चालक समितिले डाक्टरहरूको लापर्वाहीका कारण नै विरामीको मृत्यु भएको राती नै स्वीकार गरेको भएपनि बुधवार बिहान छलफल पछि सबै बाहिर आउने बताए । विरामीको मृत्युपछि बुधवार रातभर नै रेसुङ्गा अस्पताल तनावग्रस्त बनेको थियो । अस्पताललाई अहिले प्रहरीले सुरक्षा दिएको छ। 

प्रकाशित: ५ पुस २०७४ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App