६ वैशाख २०८१ बिहीबार
समाज

क्यान्सर रोगीलाई यातायात व्यवसायीको सहयोग

उदयपुर –क्यान्सर पीडित कटारी नगरपालिका ३ का गोपाल खड्काको उपचारार्थ कटारीको हिमाली यातायात बस व्यवसायी संघले सहयोग गरेका छन् । मंगलबार शत्रुधन कार्कीको नेतृत्वमा रहेको व्यवसायीको टोलीले करिव क्यान्सर पीडित खड्कालाई ७७ हजार रुपैंया सहयोग गरेका हुन् । विगत दुई वर्षदेखि दाँया खुट्टाको क्यान्सरले च्यापेपछि खड्काको उपचार भरतपुर क्यान्सर अस्पतालमा भइरहेको थियो ।

‘उपचारको क्रममा सम्पति सकिएपछि सबैतिर आर्थिक सहयोगको लागि अपिल गरिरहेका छौं,’क्यान्सर पीडितकी श्रीमती राधिका खड्काले भनिन् । उनको अनुसार हालसम्म उपचारमा १० लाखभन्दा बढी रकम खर्च भइसकेको छ । उनले खड्कालाई सहयोग गर्न चाहनेहरुले ९८४२९७९०२१ मा सम्पर्क गर्न सक्ने बताएका छन् ।

प्रकाशित: ५ पुस २०७४ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App