८ वैशाख २०८१ शनिबार
समाज

माइक्रोबसको ठक्करबाट एक महिला गम्भीर

काठमाडौँ – आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएका छन्। 

बिहान पौने ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्ने सीता अधिकारी गम्भीर घाइते भएकी हुन्। 

घाइते अधिकारीको उपचारका लागि नर्भिक अस्पताल थापाथली लगिएको छ। दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

प्रकाशित: ५ पुस २०७४ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App