८ वैशाख २०८१ शनिबार
खेल

विराटनगरलार्इ पाेखराकाे १२३ रनको चुनाैती

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पोखरा राइजोजले विराटनगर किङ्सलाई जितका लागि १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङकाे निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १२२ रन बनाएको हो । पहिलो खेलमा चितवन टाइगर्सविरुद्व नटआउट ६१ रन बनाएका इसरुल्लाह आज २१ रनमा पारस खड्काको बलमा पेभेलियन फर्किए।

पोखराका लागि राजेश पुलामी मगरले ३०, सुनिल धमला र ताज वलीले १८/१८ रन बनाए । पोखरालाई १२२ रनमा समेट्न विराटनगरका लागि कप्तान पारस खड्काले ३ तथा वसन्त रेग्मी, करण के.सी र रामनरेश गिरीले एक एक विकेट लिए। 
केही समयपछि १२३ रनको लक्ष्यसहित विराटनगर ब्याटिङमा उत्रदै छ । 

 

प्रकाशित: ५ पुस २०७४ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App