coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इपिएलमा बिराटनगर–पोखरा र भैरहवा–काठमाडौं भिड्दै

काठमाडौं–एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे बिराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ। बिराटनगर वारियर्सको कप्तानमा पारस खड्का र पोखरा राइनोजको कप्तानमा शक्ति गौचन छन्। हिजो भएको आफ्नो पहिलो खेलमा दुबै टोलीले विजय हासिल गरेकाले आज दुवै टिम उच्च मनोवलका साथ मैदान उत्रदैछन्। हिजोको खेलमा बिराटनगर वारियर्सले ललितपुर प्याट्रियट्स र पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेका हुन्। 

बिराटनगर वारियर्सबाट आकाश विष्ट, रामनरेश गिरी, अभिनास कर्ण, करण केशी, प्रनित थापामगर, सुमित महर्जन, वसन्त रेग्मी, अनिल साह, आशिफ शेख, पुष्प थापा, बाबर हायत र अंशुमन रथ जस्ता खेलाडीले खेल्दैछन् । यता पोखरा राइनोजमा भने विनोद भण्डारी, सुशन भारी, सन्तोष भट्ट, सुनिल धमला, सौरभ खनाल, विपिन खत्री, राजेश पुलामी, किशोर महतो, नुरुध्वज सेन, विक्रम सोब, ताज वाली, आशिफ अलि र इसरुल्लाह लगायत खेलाडी छन् । आजको खेल जित्दै लिगमा महत्वपूर्ण २ अंक बटुल्ने लक्ष्यसहित दुवै टोली मैदान उत्रदैछन् ।

त्यस्तै आजको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्स ११ भिड्दैछन् । खेल दिउँसो १२ः४५ मा सुरु हुनेछ । भैरहवा ग्लाडिएटर्सको कप्तानमा शरद भेषावकर र काठमाडौं किङ्स ११ को कप्तानमा बिदेशी खेलाडी फरबेज मेहरुफ छन् । दोस्रो खेल खेल्न लागेको काठमाडौं आज पहिलो जितको खोजीमा मैदानमा उत्रदा भैरहवा ग्लाडिएटर्सले भने आज पहिलो खेल खेलदैछ। भैरहवा ग्लाडिएटर्सका अन्य खेलाडीमा प्रदीप ऐरी, अभिनाश बोहोरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केशी, रोहित पौडेल, हरिशंकर साह, आरिफ शेख, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा लगायत छन । त्यस्तै काठमाडौं किङ्सका अन्य खेलाडीमा सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, जितेन्द्र मुखिया, राजु रिजाल, अमित श्रेष्ठ, सुशिल कँडेल, सिद्धान्त लोहनी, विक्रम भुसाल, अमरसिंह रौटेला र अक्षय फर्नाण्डेज लगायत छन् । 

प्रकाशित: ५ पुस २०७४ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App