एजेन्सी
समाजीक संजाल फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्राग्रामले स्न्यापच्याट जस्तै ‘स्टोरिज फिचर सुरु गरेको छ। स्टोरिज फिचरको प्रयोग गरि प्रयोगकर्ताले आफुलाई मनपरेको फोटो तथा भिडियो शेयर गर्न सक्छन्। तर उक्त फोटो तथा भिडियो २४ घण्टा पछि स्वतः हराउनेछ।
उक्त फिचरको प्रयोग गरि स्लाइड सो फर्म्याटमा फोटो र भिडियोलाई एकै पटक शेयर गर्न सकिन्छ । यस क्रममा प्रयोगकर्ताले टेक्स समेत प्रयोग गर्न सक्नेछन्।
प्रविधिको दुनियाँमा ठूला ठूला कम्पनीहरुले अन्य कम्पनी जस्तै फिचर ल्याउनुलाई सामान्य मानिन्छ। तर एउटा कम्पनीले ल्याएको फिचरमा प्रयोगकर्ता आकर्षित भए भन्दैमा अन्य कम्पनीको त्यस्तै फिचरमा प्रयोगकर्ता आकर्षित नहुन पनि सक्छन् । फेसबुकले दुई वर्ष आघि अन्य कम्पनीको फिचर कपि गर्दै स्लिङसट नामक फिचर ल्याएको थियो जुन प्रयोगकर्ता तान्न भने असफल भएको थियो ।
स्न्यापच्याटले भने सन् २०११ मा नै स्टोरिज फिचरको सुरुवात गरेको थियो।
प्रकाशित: २३ श्रावण २०७३ १०:३३ आइतबार