coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतीय राजदूतसँग ओलीले भने–आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य

अाइतबार एमाले मुख्यालय धुम्बाराहीमा एमाले अध्यक्ष केपी अाेली र भारतीय राजदूत रंजित रे। तस्बिर: चेतन अधिकारी

काठमाडौं–एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी ओलीले  नेपालको आन्तरिक राजनीतिमा हुने पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने  बताएका छन्। आइतबार भारतीय राजदूत रंजित रेसँगको भेटमा अध्यक्ष ओलीले  आफ्नो दल छिमेकी मुलुकहरुसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धको पक्षमा रहेको भन्दै मुलुकको आन्तरिक मामिलामा बाहिरि हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन्।

‘ त्यस्ता चलखेलहरुले परिस्थितिलाई जटिल  बनाउने भएकाले सबैले सतर्कताका साथ कामग गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनु भयो,’ एमाले प्रसार विभाग सचिव विष्णु रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  अध्यक्ष ओलीलाई भेट्न राजदूत रेले आइतबार विहान ११ बजे एमाले मुख्यालय धुम्बाराही पुगेका थिए। करिव १ घण्टा भएको भेटवार्तामा समयामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको एमालेले जनाएको छ।

 

प्रकाशित: २३ श्रावण २०७३ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App