७ वैशाख २०८१ शुक्रबार
कला

सडक कन्सर्टमा ह्याप्पी न्यु इयर

काठमाडौं– फिल्मको प्रदर्शन मिति नजिकिँदै गएपछि पुस १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ह्याप्पी न्यु इयर’ मंगलबारबाट देशव्यापी सडक कन्सर्टमा गएको छ । फिल्मको नयाँ गीत सार्वजनिक गर्न गत सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक देवकुमार श्रेष्ठले कन्सर्टको सबै तयारी पूरा भएको जानकारी दिएका थिए ।
‘रिलिज डेट नजिकिए सँगै फिल्मको प्रचारप्रसारलाई अझ व्यापक बनाउन हामी मोफसलका प्रमुख सहरमा पुग्नेछौं,’निर्देशक श्रेष्ठले भने,‘ हामी पौष ४ गते हेटौडा, ५ गते नारायणघाट, ६ गते बुटवल, ८ गते पोखरा हुँदै १० गते काठमाडौंमा कन्सर्ट गर्नेछौं ।’
 त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा नायक कुशल थापा, पुकार गौतम र नायिका सन्ध्या केसीको प्रमुख भूमिका छ । कुशलले यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । नायिका सन्ध्याले पनि फिल्म राम्रो बनेको भन्दै यो पटकको नयाँ वर्ष ‘ह्याप्पी न्यू इयर’ हेर्दै मनाउन दर्शकलाई आग्रह गरिन् । कार्यक्रममा फिल्मको नयाँ गीत ‘मुटु’ सार्वजनिक  गरिएको थियो । गीतमा सनुप पौडेलको स्वर, किरण माइकलको शब्द तथा संगीत छ । अष्ट्रेलियामा छायांकन गरिएको फिल्ममा देवकुमार श्रेष्ठको लेखन तथा निर्देशन छ । फिल्मको छायांकन अष्ट्रेलियन नागरिक बेन्जामिन ड्रेले गरेका छन् । फिल्ममा रति थापा श्रेष्ठको लगानी रहेको छ । 

 

प्रकाशित: ५ पुस २०७४ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App