फिल्ममा कथा भन्नु सबैभन्दा ठूलो कुरा हो

बुधबार, ०५ पुष २०७४, ०६ : ४१ नागरिक

काठमाडौं–हिमाली जनजीवनसँग सम्बन्धित छोटा तथा लामा फिल्म र वृत्तचित्रको कुम्भ मेलाका रूपमा रहेको ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल’ले यो वर्षका लागि सोमबार साँझ बिट मा¥यो । फेस्टिभल केवल फिल्म हेर्ने स्थल मात्र बनेन, फिल्म बनाउने कलाको अनुभव साटासाटको माध्यम पनि बन्यो । फेस्टिभलमा फिल्म प्रदर्शनसँगै नयाँ पुस्ताका फिल्मकर्मीलाई फिल्ममेकिङमा दक्ष बनाउन केही कार्यक्रम ल्याएको थियो जसमा ‘किम्फ डक लाइभ पिच’ पनि एक थियो । यो सेसनमा छानिएका उत्कृष्ट कथामध्ये रेवती गुरुङको ‘मंकी बिजनेस’को कथाले २ लाख रुपैयाँ पुरस्कार जित्यो । सेसनको क्रिष्टिना जुनवर्ग, सुविना श्रेष्ठ, केसाङ छेतेन, रोजी गार्थवेइट र माइक डे निर्णायक थिए । उत्कृष्ट ५ मा प्रशुना डंगोलको ‘डोल्पा डायरी’, गणेश पाण्डेको ‘को–हजबेन्ड’, आरजु हमालको ‘संघर्ष’ र आश्मा पोखरेलको ‘चारघण्टा’ नामका फिल्म छनोट भएका थिए ।
‘यो फिल्म बन्न बाँकी छ । तर, उसले कथा भन्न खोजेको विषय निकै महत्वपूर्ण थियो,’ महोत्सवकी निर्णायकमध्येकी एक रिना मोहनले रेवतीको कथामा टिप्पणी गर्दै भनिन्, ‘त्यसैले कथा भन्न सक्नु र प्रस्तुत गर्न सक्नु सबैभन्दा ठूलो खुबी हो ।’
उनकै सहभागितामा महोत्सवको अन्तिम दिन डकुमेन्ट्री फिल्म सम्पादन सम्बन्धि एक कार्याशालाको आयोजना भएको थियो  जहाँ खिचेर ल्याइएका कथाहरूलाई कसरी फिल्मको रूप दिन सकिन्छ भन्ने बारेमा उनले आफ्ना अनुभव सुनाएकी थिइन् । उनले आफूले बनाएका फिल्मका विभिन्न पाटोका बारेमा व्याख्या गर्दै सम्पादनका अनुभव सुनाइन् । भारतकी पहिलो नायिका कमला बेनको बारेमा बनेको फिल्मका कुरा गर्दै उनले भनिन्, ‘त्यो बेला अहिलेको जस्तो प्रविधि उपलब्ध थिएनन् तर पनि मेरो त्यो फिल्म मन पराइयो ।’ यो फिल्ममा कमला बेनको जीवनमा नदेखिएका पाटाहरू थिए । फिल्म बनाउँदा कथा खिच्न जानु अघि गरिने अनुसन्धान, कथाका पात्रलाई पछ्याउने काम, फिल्म खिच्ने काम, त्यसलाई एउटा लयमा ढाल्ने काम अनि बल्ल सम्पादनको काम अन्त्यमा हुने उनले बताइन् । उनले फिल्मको कच्चा पदार्थ ल्याएपछि पनि केही समय आराम गरेर कथाको बारेमा सोच्न फिल्म निर्मातालाई आग्रह गरिन् ।
‘फिल्म बनाइसकेपछि तत्काल त्यो प्रदर्शनमा लैजान हुँदैन,’ उनले भनिन्, ‘कम्तीमा एकहप्ता आराम गर्नुपर्छ । त्यसपछि त्यो फिल्म फेरि हेरेर कमजोरी खुट्याउनु पर्छ ।’ उनका अनुसार त्यसो गर्न धेरैलाई गाह्रो पर्छ । ‘तर, फिल्म दोहो¥याएर हेर्ने बानीले गर्दा त्यसका अनावश्यक कुराहरूलाई घटाउने अवसर मिल्छ,’ उनले भनिन् ।
डकुमेन्ट्री निर्माणमा कथालाई जोड दिँदै उनले कथा बलियो भए खिचिएका दृश्य कमजोर भए पनि त्यसले असर नपार्ने दाबी गरिन् । उनले  ‘फ्याक्ट्री’ फिल्मको कथा देखाउँदै त्यसमा खिचिएका मजदुरका तनावका दृश्य तथा फिल्मको कथामा फिचर फिल्मको कुनै पनि विधिले नछोएको जनाइन् । ‘कतै साना मोबाइल क्यामराले खिचेका त कतै ठूला क्यामराले खिचेका दृश्य छन्,’ उनले सुनाइन्, ‘तर त्यसले अन्तिममा दिएको सन्देश निकै महत्ववपूर्ण छ ।’ फिल्म सम्पादन गर्दा सम्पादन समूह र निर्माताबीच तीतो सम्बन्ध  रहने उनको अनुभव छ ।
नेपाली निर्माता निर्देशकहरू छिरिङ रितार शेर्पा, केसाङ छेतनसँग पनि काम गरेकी रिनाले तर त्यो तीतो फिल्मको भलाइका लागि रहने गरेको बताइन् । ‘सम्पादनको समयमा झगडा नै पर्र्छ,’ उनले सुनाइन्, ‘उनीहरू केही दृश्य हटाउन चाहन्थे वा थप्न चाहन्थे भने मैले उनीहरूलाई कन्भिन्स गराउनैपथ्र्यो ।’ तर, आफू झगडा गर्ने स्वभावको व्यक्ति नभएकाले चाँडै नै निर्देशकहरू कुरा सुन्ने मुडमा रहने गरेको उनले बताइन् । कथाअनुसार उनीहरूले नराम्रो मानेका दृश्यहरु बलिया हुनसक्छन् भनेर फिल्म बनाउनेलाई सम्झाउनै पर्ने उनले जनाइन् । दर्शकले फिल्म निर्माणको आइडिया वा टिप्स माग्दा उनले फिल्म निर्माणका लागि विशेष खालको कुनै पनि टिप्स नभएको भन्दै उनले समाज र दर्शकका लागि आवश्यक खुराक पहिचान गर्न सक्ने नै सफल फिल्मकर्मी बन्ने धारणा राखिन् । डकुमेन्ट्री यथार्थवादी फिल्म रहेकाले मानिसको रुचि र मन छुने हुनुपर्ने उनले औंल्याइन् । उनले जस्तै फिल्म निर्माता माइक डेले पनि डकुमेन्ट्री निर्माणका सम्बन्धमा मास्टरक्लास दिएका थिए ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad