७ वैशाख २०८१ शुक्रबार
अन्य

शीतल खोज्दै सिलौटी

पाँचथर- पाँचथर सदरमुकाम फिदिमबाट नजिक पर्छन् लब्रेकुटी र सिलौटी क्षेत्र। गर्मी मौसममा शरीरमा शीतलता अनुभूति र मनमा आनन्द प्राप्तिका लागि उपयुक्त ठाउँ हुन् यी। यी २ क्षेत्र धार्मिक रूपले पनि महŒवका छन्। लेकाली फराकिला डाँडाकाँडा, आकर्षक भू–बनोट। लब्रेकुटी, सिलौटीसँगै पौवाभञ्याङ, लालीखर्कलगायत क्षेत्र पनि सँगै पर्छन्। दृश्यको अनेकता र पर्याप्त शीतलता पाइन्छ यहाँ।

 चिटचिट पसिना आउने गर्मी। ‰यार्र पानी परेपनि गर्मीले बाफिलो समय। पट्यारलाग्दो समय र व्यस्त दिनचर्या भइरहेका बेला मन र तन आनन्दित बनाउने चाहना हुन्छ। यही चाहना पूरा गर्न लेकतिर चढ्ने चलन छ। फिदिमदेखि एक घण्टाको समयमा मेची राजमार्गको नागबेली बाटो छिचोल्दै यहाँ पुग्न सकिन्छ। महागुरु फाल्गुनन्दसँग जोडिएको धार्मिक, ऐतिहासिक र सांस्कृतिक संरचना लोब्रेकुटी र सिलौटीमा छन्। सिलौटीको काखैमा पौवाभञ्याङ बजार छ। अरूतिर चर्को गर्मी हुँदा यहाँ शीतल हुन्छ। भुइँकुहिरोको लुकामारी हेरिरहन मन लाग्छ।

 बिदाको दिन यो क्षेत्रमा रमाउनेको भिड देख्न पाइन्छ। सडक आसपासमा खुलेका साना–साना होटलमा दैनिक मानिसको चाप हुने गर्छ। फिदिमको रमितेडाँडाबाट फिदिम, पाँचथर र तेह्रथुमका विभिन्न ठाउँ अवलोकन गरेर उकालो लाग्नुपर्छ। बिहान मौसम खुल्दा हिमाल लोभलाग्दो देखिन्छ।

 पहाडका डाँडाहरू, मनोरम प्राकृतिक दृश्य, हिमशृंखलाको दृश्यावलोकन तथा रमणीय क्षेत्र भएको यो ठाउँ धार्मिक महŒवको पनि छ। मेची राजमार्गनजिकैको सिलौटी, लब्रेकुटी भौगोलिक दूरीमा मात्र नजिक छैनन्, फाल्गुनन्दको ध्यान र समाधि भएका ठाउँसमेत हुन् यी। देश–विदेशबाट फाल्गुनन्दको ध्यानस्थल, समाधि अवलोकन तथा पूजापाठका लागि आउनेहरू यहाँको सौन्दर्य देखेर मख्ख पर्छन्। मन भुल्याउन चाहने, दृश्यमा रमाउने र शीतलमा बिदा मनाउन चाहानेलाई यी ठाउँ उपयुक्त रहेको पौवाभञ्याङका होटल व्यवसायी दाबा शेर्पा बताउँछन्।

 मेची राजमार्ग छाडेर केही कच्ची बाटो हुँदै लब्रेकुटी पुगिन्छ। फराकिलो थुम्का–थुम्का पहाड। विविध प्राकृतिक सम्पदा। महागुरु फाल्गुनन्दले समाज सुधारका लागि सत्यधर्म मुचुल्का गर्नुका साथै ध्यान गरेको ठाउँ। मन्दिर र सजिएका ध्वजापतकाले दृश्य आकर्षक बनाउँछ। फराकिला ठाउँ छन्। धुम्न आउने प्रसस्त भेटिन्छन्। मौसम खुल्दा टाढा–टाढासम्म देखिन्छ। हरियाली मस्त छ। मन्दिर, महागुरुको प्रतिमा अन्य संरचना बनाइँदैछ। लब्रेकुटी विकास समिति अध्यक्ष सुवास तुम्बापो भौतिक विकास र प्रचारप्रसारको काम भइरहेको बताउँछन्।

 उस्तै विशेषता सिलौटीमा पाइन्छ। सिलौटी उच्च भूभागको गन्तव्य हो। महागुरु फाल्गुनन्दको समाधि यहाँ गरीएको थियो। मन्दिर छन्, ऐतिहासिक दस्तावेज रहेका छन्। मौसम खुल्दा आकास आखै अघि देखिन्छ। सिजनमा गराँस फूलेर बन क्षेत्र रंगीन। प्रसस्त फूलहरु फूल्छन्। चिसो हावाको स्पर्स भेट्न सकिन्छ। टाढा टाढा दृष्य देख्न पाईन्छ। मेची राजमार्गको पौवाभञ्याङ देखि उकालो लाग्न पर्छ।

यि  लेकाली क्षेत्रमा साना साना बजार भेटिन्छ। विभिन्न स्वाद चाख्न पाईन्छ। फिदिम पहाडको सदरमुकाम भएपनि उत्पाद गर्मि हुन्छ। यो गर्मि छेल्न लेकतीर चढ्ने चलन छ। मेची राजमार्गको यात्रा गर्नेले यो क्षेत्रमा आर्कषक दृष्य हेर्न पाउँछन्। गाडी प्रसस्त पाईन्छ। स्थानिय तहमा जिप र भ्यान चल्छन्। चिसो मौसम छ। छाता र बाक्लो लुगा नबोक्नेले चिसोले काम्नु पर्ने हुन्छ। लब्रेकुटी–सिलौटीमा माछा, मासु मदिरा प्रतिबन्धित छन्। मेची राजमार्गका अन्य बजारमा भने चल्छ।

प्रकाशित: ६ असार २०७३ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App