८ वैशाख २०८१ शनिबार
खेल

पोखरा र विराटनगर विजयी (फोटो फिचर)

तस्विर: विजय राई

काठमाडौ– एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट अन्तर्गत मंगलबार सम्पन्न खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्सलाई ६ रनले पराजित गरेको हो ।

विराटनगर वारियर्सले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको ललितपुर प्याट्रियट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४४ रन मात्रै बनाउन सक्यो । पहिले व्याटिङ गरेको वारियर्सले ६ विकेट गुमाउदै निर्धारित २० ओभरमा १ सय ५० बनाएको हो । विराटनगरका लागि अनिल शाहले ४७, पारस खड्काले ३८ र बवर हयातले ३४ रन बनाए । ललितपुर प्याट्रियट्सका लागि सन्दीप लामिछानेले २ विकेट लिए । १ सय ५१ रनको लक्ष्य पछ्याएको ललितपुर प्याट्रियट्सका लागि पवन सर्राफले ५१ रन बनाउँदै अर्धशतक पुरा गरेपनि टोलीले जित दर्ता गर्न सकेन । ललितपुरका लागि योगेश नागरले २७ तथा कुसल भुर्तेलले नटआउट २० रन जोडे ।

यसअघि मंगलवारै भएको पहिलो खेलमा पोखरा राइनोजले चितवन टाईगर्सलाई १० विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाईगर्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११३ रन जोडेको थियो ।  चितवनका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ तथा अनिल मण्डलले ३२ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत छुन सकेनन् । पोखरा राईनोजकालागी पाकिस्तानी खेलाडी ईस्रारुल्लाहले सर्वाधिक ४ तथा ताज वालीले ३ विकेट लिए । ११४ रनको विजयी लक्ष्य पछ्याएको पोखरा राइनोजले १७ दशमलव ४ ओभरमै विना विकेट क्षती लक्ष्य पुरा ग¥यो । पोखराका लागि ४ विकेट लिनुभएका ईस्रारुल्लाहले प्रतियोगिताकै पहिलो अर्धशतक पुरा गर्दै नटआउट ६१ रन जोडे । त्यस्तै सुनील धमलाले अविजीत ४६ रन बनाए ।

प्रतियोगिता अन्तर्गत बुधवार पहिलो खेलमा विराटनगर र पोखरा तथा भैरहवा र काठमाडौबीच खेल हुनेछ ।

तस्विर: विजय राई
तस्विर: विजय राई
तस्विर: विजय राई
तस्विर: विजय राई
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App