८ वैशाख २०८१ शनिबार
खेल

भारतसँग हार ब्यहोर्दै महिला साफ यु–१५ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

काठमाडौं– भारतसँग लज्जास्पद हार ब्यहोर्दै  नेपाल महिला साफ यु–१५ च्याम्पियनसिपबाट बाहिरिएको छ। मंगलबार वीर श्रेष्ठ शहिद मोहम्मद मोस्ताफा कमल रंगशालामा सम्पन्न आफ्नो दोस्रो खेमला नेपालले भारतलाई १०–० को नतिजा सुम्पिएको हो।

भारतको सानदार जितमा सुनिता मुन्डाले ४,प्रियंका देवी नोउरेमले ३ तथा लियान्डा कोम सेर्टोले २ र कट्रिना देवी थौनाओजामले १ गोल गरिन्।

यस जितपछि २ खेलको समाप्तीमा ६ अंक जोडेको भारत शीर्ष दुईमा बस्दै फाइनल खेलका लागि छनोट भएको छ । त्यस्तै समान खेलमा समान ६ अंक जोडेको बंगलादेशले पनि शीर्ष दुईमा स्थान बनायो ।अंकविहन नेपाल र भुटान भने अन्ति खेलअघि नै प्रतियोगिताबाट बाहिरिएका छन्।

यसअघि पहिलो खेलमा नेपालले आयोजक बंगलादेशलाई ६–० को नतिजा सुम्पिएको थियो । नेपालले समूहको अन्तिम खेलमा बहिबार भुटानको सामना गर्दैछ ।

प्रकाशित: ४ पुस २०७४ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App