७ वैशाख २०८१ शुक्रबार
अर्थ

मेगामा गाभियो टुरिजम डेभलपमेन्ट बैंक

कार्यक्रमलाई सम्बोधन गर्दै मेगा बैंककी कामु सिइअाे अनुपमा खुञ्जेली।

काठमाडौं—मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ। मंगलबार काठमाडौँमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्नका लागि अनुमति दिएको हो।

सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन्।

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने मेगा बैंकका अध्यक्ष शाहले बताए। चालु आर्थिक बर्ष २०७२÷७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैँया रहेको छ। यी दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष शाहले बताए।

टुरिजमले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेकाले छिट्टै मर्जर प्रक्रिया टुंगोमा पुर्याएर मेगा बैंकलाई नयाँ गतिमा लैजाने उनले बताए। ‘हामीले विज्ञहरुसँगको छलफलबाट पाँच बर्षे योजना तय गरेका छौँ। आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौं’, उनले भने। 

मेगा बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले टुरिजम डेभपलमेन्टसँगको मर्जरपछि मेगा बैंकको व्यावसायिक अवसरहरु बृद्धि हुने बताइन्। चालु आर्थिक बर्षमा मेगा बैंकले १८ वटा नयाँ शाखा खोल्ने जानकारी दिँदै उनले टुरिजमसँगको मर्जरपछि मेगा बैंकको सञ्जाल ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्ने बताए।

उनँका अनुसार, मेगा बैंकको दुई वटा एक्सटेन्शन काउन्टरसहित ४९ वटा शाखा कार्यालय छन्। चालू आर्थिक वर्षमा टुरिजमको ५ वटा एक्सटेन्शन काउन्टरसहित ४१ वटा शाखा हुँदैछन्। मेगा र टुरिजमको मर्जरपछि ११ वटा एक्सटेन्शन काउन्टरसहित ११२ वटा शाखा कार्यालय हुने भएका छन्। यसैगरी, कुल  निक्षेप ४९ अर्ब ५० करोड र कर्जा ४५ अर्ब ५९ करोड रुपैँया पुग्नेछ। 

प्रकाशित: ४ पुस २०७४ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App