८ वैशाख २०८१ शनिबार
अर्थ

प्याजको मूल्य बढेपछि उपभोक्ता मारमा

भोजपुर – कार्तिक पहिलो साताबाट दैनिक उपभोग्य तरकारीसब्जीको रुपमा लिईने प्याजको मूल्य तीन गुणा बढेपछि यहाँका उपभोक्ताहरु  मारमा परेका छन् । प्रतिकिलो ३० रुपैँया पर्ने ठूलो रातो प्याजको मूल्य अहिले स्थानीय बजारमा प्रतिकिलो एक सय ३० रुपैँयासम्म किनबेच हुने गरेको छ ।     एक्कासी प्याजको मूल्य वृद्धि भएलगत्तै खपत घटेको छ । प्याज किन्ने पैसाले बोइलर कुखुराको आधा केजी मासु आउने गरेको स्थानिय खगेन्द्र खड्काले बताए । प्याज सर्वसाधारणले किनेर खान नसक्ने गरेर मूल्य वृद्धि भएको उनको तर्क थियो  ।
भोजपुर सदरमुकाममा पाँच वर्ष देखि मःम पसल संञ्चालन गर्दै आएकी चन्द्र मगरलाई  प्याजको भाउ बढेपछि किन्न ग्राह्रोे भएको बताइन् । ‘प्याजको भाउ छोई नसक्नु छ । यसको सट्टा अरु तरकारीमै पैसा तिरेर खाईन्छ ।’ बजार क्षेत्रका होटल, गेष्टहाउसहरुमा प्याजको बढी खपत हुने गरेपनि प्याजको मूल्य अचानक आकाशिँदा मंहगो मूल्य तिरेरै भएपनि उपभोग गर्नुपर्ने बाध्य रहेको भोजपुर सदरमुकामका एक होटल व्यावसायी गणेश श्रेष्ठले सुनाउँछन् । ‘होटलमा दैनिकजसो खाजा–नास्तामा, खाना बनाउन प्याज नभई हुन्न । त्यो माथि मःम, चाउमिन, थु्क्पा, सुप, अन्य नास्तालाई नभई नहुने प्याजको तेब्बर मूल्य बढीदिँदा मंहगो पैसा तिरेरै किन्नुपर्ने बाध्यता छ ।’ उनले भने ।
भारतबाट विराटनगर, धरान हुँदै भोजपुर सदरमुकामसम्म ढुवानी गरेर ल्याउँदा यातायात ढुवानी खर्च, सामान उठाउने खर्च, भन्सार कर झेल्दै स्थानीय बजारमा ल्याई पु¥याउँदा प्रतिकेजी ३०÷४० रुपैँयामा किनबेच गर्नुपर्ने त्यसमाथि पछिल्लो डेढ महिनादेखि तलबाटै एक सय १५÷१६ रुपैँयाले मंहगो मूल्यमा प्याज उठाएर ३÷४ रुपैयाँमा ढुवानी खर्च तिरेर यहाँ ल्याई उपभोक्तालाई मंहगो मूल्यमा बेच्नुपर्ने बाध्य रहेको एक स्थानिय सब्जी व्यवसायी सल्मा उदास बताउँछिन् । ‘तलबाटै सामान उठाउँदा प्रतिकिलो प्याज एक सय १६ रुपैँयासम्म हालेर उठाउनुपर्ने हुन्छ । यहाँसम्म आईपुग्दा ढुवानी खर्च सबै हिसाब गर्दा मूल्य आखिर उही हुन्छ । केही समयपछि प्याजको मूल्य घट्ला की?’ उनले बताईन् ।

प्रकाशित: ४ पुस २०७४ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App