रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

मङ्गलबार, ०४ पुष २०७४, १३ : ५३ नागरिक

कञ्चनपुर, ४ पुस - साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल  लगिएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।

अस्पताल पुयाइएका ती वृद्धको रेबिजको संक्रमणका कारण मृत्यु भएको चिकित्सकले पुष्टी गरेपछि परिवारका सबै सदस्यले एन्टिरेबिज भ्याक्सिन लगाउन थालेका हुन् ।

रेबिजको संक्रमण हुनाका कारण नखुलेपनि घरमै पालिएको कुकुरबाट रेबिजको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुखसहितको टोलीले रेबिज भएका परिवारसँगको भेटपछि जनावर र परिवारका सदस्यलाई एन्टिरेबिज भ्याक्सिन निःशुल्क लगाउने व्यवस्था गरेको छ ।

परिवार र छिमेकी गरी दशजनालाई महाकाली अञ्चल अस्पतालमा एन्टिरेबिज भ्याक्सिन लगाउने कार्य भइरहेको नगर प्रमुख दिलबहादुर ऐरले बताए।

पशु शाखा कार्यालयका पशु विकास अधिकृत तारादत्त अवस्थीले उक्त घरका परिवार, घर पालुवा जनाबर र सो क्षेत्र वरिपरि भ्याक्सिन लगाउन छुटेका घरपालुवा र भुस्याहा कुकुरलाई पनि भ्याक्सिन लगाउने कार्य भइरहेको बताए । रेबिजको संक्रमणपछि यस क्षेत्रका बासिन्दा त्रस्त भएका छन् ।रासस





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad