७ वैशाख २०८१ शुक्रबार
राजनीति

जवाहरलाल नेहरुसँग जब गच्छदारले गरे आफ्नो तुलना [भिडियो]

काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन्। सोही सन्दर्भमा उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन्।

'लागतार मैले यो छैटौं चुनाव जितेको हुँ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो जित यात्रा कायम राख्नुभएको छ। जुन भारतको पार्लिमेन्ट्री हिस्ट्रीमा जवाहरलाल नेहरु र राम मनोहर लोहियालगायतले गर्नुभएको छ,' राजधानीमा आयोजित कार्यक्रममा उनले भने।

उनले नेपाली राजीतिमा आफूले बनाएको छबि ५० वर्षसम्म कुनै थारुले गर्न नसक्ने बताए। उनले आफूले बनाएको इतिहास आजका युवाहरुले जगेर्ना गर्नुपर्ने बताए।

प्रकाशित: ४ पुस २०७४ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App