७ वैशाख २०८१ शुक्रबार
समाज

उत्तरगयामा श्राद्ध सम्पन्न

नुवाकोट – पुसे अाैसीकाे अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् । पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास छ । त्रिशूली र वेत्रगंगाको संगमस्थल बेत्रावतीको उत्पत्ति समुद्रमन्थनको घटनासँग जोडिएको पुराणहरुमा उल्लेख छ ।

देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा डाहले छट्पटिएका शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र अझै माथि नीलाद्रि पर्वतमा त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औँशीका दिन सबै देवता र पितृको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो ।

काठमाडौँ, ललितपुर, धादिङ, बारा, पर्सा, चितवन, मकवानपुर, रुपन्देहीलगायत विभिन्न भागबाट श्रद्धालुको घुइँचो लागेको स्थानीय गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले बताए ।

प्रकाशित: ४ पुस २०७४ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App