८ वैशाख २०८१ शनिबार
खेल

भारतविरुद्धको खेल गुमाए प्रतियोगिताबाट बाहिर

काठमाडौं– यु–१५ महिला साफ च्याम्पियनसिपअन्तर्गत मंगलबार(आज) हुने भारतविरुद्धको दोस्रो खेलमा नेपाललाई जित्नुको विकल्प छैन । ढाकास्थित वीर श्रेष्ठ सिपाही सहिद मोहम्मद मोस्ताफा कमल रंगशालामा हुने भारतविरुद्धको खेल गुमाएमा नेपाल अन्तिम खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिने छ ।
फाइनल खेल्ने लक्ष्यसहित बंगलादेश भ्रमणमा निस्केको नेपालले आइतबार सम्पन्न पहिलो खेलमा घरेलु टोलीलाई ६–० को नतिजा सुम्पिए पछि टोली दबाबमा परेको हो । बंगलादेशविरुद्ध सबै पक्षमा निरीह बनेको नेपालले कुनै पनि बेला विपक्षीको पोस्टमा धावा बोल्न सकेन । तथापि नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले बंगलादेशविरुद्ध मिडफिल्डमा कमजोरी भएको भन्दै बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएकी छिन् ।
‘छोटो तयारी बाबजुद टोलीले गरेको प्रदर्शनमा सन्तुष्ट छु,’ प्रशिक्षक गुरुङले भनिन्, ‘भारतविरुद्ध हाम्रो रणनीतिमा परिवर्तन हुन्छ ।’ प्रतियोगितामा पहिलो चरणको खेल सकिँदा समान ३ अंकका साथ बंगलादेश  र भारत क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंक खाता खोल्न नसकेको नेपाल र भुटान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । टोलीले राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिताको शीर्ष दुईले फाइनल खेल्नेछन् । 
नेपालले अन्तिम खेलमा बिहीबार भुटानविरुद्ध खेल्दै छ । बिहीबारै अर्को खेलमा भारतले बंगलादेशसँग खेल्नेछ ।  यता पहिलो खेलमा भुटानमाथि ३–० को सहज जित हात पारेको भारत पनि नेपालमाथि सहज नतिजा निकाल्न शीर्ष दुईमा स्थान बनाउने लक्ष्मा हुनेछ । मंगलबार हुने अर्को खेलमा बंगलादेशले भुटानको सामना गर्दै छ । लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसँग र भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित: ४ पुस २०७४ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App