८ वैशाख २०८१ शनिबार
खेल

पिएफए र न्यु बुद्ध सेमिफाइनलमा

धनगढी–पिएफए अत्तरिया र न्यु बुद्ध युवा क्लब फूलबारी धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मणिरम चौधरीको ह्याट्रिक गरेपछि सोमबार भएकोे पहिलो क्वाटरफाइनलमा पिएफए अत्तरियाले आयोजक फारवेस्ट पशुपति युवा क्लव ‘बी’ लाई ४–० ले पराजित ग¥यो । मणिरामले खेलको १३, ३५ र ६९औं मिनेटमा गोल गरे । बाँकी १ गोल १७औं मिनेटमा विशाल राईले गरेका थिए । ह्याट्रिक गरेका चौधरी म्यान अफ द म्याच भए । पिएफएका प्रशिक्षक सन्तोेष भट्टले सोचे जति राम्रो खेल्न नसके पनि जितमा खुसी व्यक्त गर्दै सेमिफाइनलमा अब अझ राम्रो खेल्ने बताए । आयोजक फारवेस्ट पशुपति युवा क्लब ‘बी’ का प्रशिक्षक नीलेश विष्टले जुनियर खेलाडीलाई प्राथमिकता दिएको र विपक्षी टोली बलियो रहेकाले आफ्नो टिमले चाहेजस्तो खेल्न नसकेको प्रतिक्रिया दिए । 
पेनाल्टी सुटआउटमा ५–४ गोलले बुद्ध युवा क्लब फूलबारीले फारवेस्ट अत्तरिया स्पोर्ट्स एकेडेमीलाई हरायो । निर्धारित र थप गरिएको समयमा कुनै गोल हुन नसकेपछि दोस्रो खेल पेनाल्टीसम्म पुगेको थियो । फूलबारीका गोलरक्षक सरोज कठरियाले अत्तरियाका लोक मगरको प्रहारलाई रोक्दै आफ्नो टोलीलार्ई सेमिफाइनलमा पु¥याए ।  कठरिया म्यान अफ द म्याच भए । 

 

प्रकाशित: ४ पुस २०७४ ००:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App