coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रक्सोल आन्दोलनले सिमेन्ट उद्योगमा समस्या

भारतको रक्सोलमा जारी आन्दोलनको कार्यक्रम । तस्बिर: रितेश त्रिपाठी

वीरगन्ज-वीरगन्ज पथलैया करिडोरमा संचालित एक दर्जन सिमेन्ट उद्योगहरु सिमावर्ती भारतीय सहर रक्सोलमा जारी प्रदुषण बिरोधको एउटा आन्दोलनले धरापमा पर्न थालेपछि चिन्तित बनेका छन्। वीरगन्ज उद्योग बाणिज्य संघको भन्सार तथा रेल्वे ढुवानी सम्बनधी समितिको अगुवाईमा नेपाल र भातरका सरोकारवाला सरकारी पक्षलाई सो बारेमा सोमवार पत्राचार गरेको छ।

वीरगन्ज रक्सोल नाकामा रक्सोलका स्थानीय बासिन्दा र भारतीय रेल्वेबीच रहेको प्रदुषण सम्बन्धी बिवादको चपेटामा नेपाली आयात पटकपटक पर्ने गरेको छ । नेपालका सिमेन्ट उद्योगको कच्चा पदार्थ किलिंकर लगायत रक्सोलस्थित रेलवे स्टेशन भएर आयात हुँदा त्यसबाट उडेको धुलोले जनजीवन असहज भएको भन्दै त्यहाँका बिभिन्न संघ संस्थाको अगुवाईमा स्थानीयले संयुक्त रुपमा आन्दोलन थालेका छन् । आउदो पुस १० (२५ दिसम्बर) देखी नेपाल भारत नाका नै अवरोध गर्ने तय गरिएको आन्दोलन अन्तर्गत धर्ना तथा प्रर्दशनहरु दैनिक रुपमा बढाउदै लगेका छन् । त्यसको असरले रक्सोलमा किलिंकर अनलोड बन्द हुन पुगे वीरगन्ज पथलैया करिडोरका नेपाली दर्जन बढी सिमेन्ट उद्योग धारासायी हुने चिन्ता उद्योगीहरुको छ।

‘हामीले काठमाडौंस्थित भारतीय राजदूत, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास, उद्योग मन्त्रालय तथा वाणिज्य मन्त्रालयका सचिव, दिल्लीस्थित नेपाली दूतावास, नेपाल उद्योग वाणिज्य महासंघ र पर्साका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेका छौं,’ वीरगन्ज उद्योग वाणिज्य संघको सम्बन्धीत समितिका संयोजक माधव राजपालले भने, ‘समस्या निकै गम्भीर छ, भारतको उच्च अदालतले प्रदुषण हटाउन भारतीय रेल्वेलाई दिएको आदेश आगामी ३ महिनाभित्र रेल्वेले पुरा गर्नुपर्ने छ, त्यस अगावै त्यहाँ सुरु भएको आन्दोलनले नेपाली उद्योगको भविष्य माथी चिन्ता बढाएको छ ।’

उनले भारतीय रेल्वेले अब किलिंकर ढुवानी गर्न नसक्ने नेपाललाई जवाफ दिनु पर्ने वा यस्ता समस्या आफै निराकरण गरेर ढुक्क पार्नुपर्ने उनले बताए । आन्दोलनरत पक्षले समग्र नाका नै अवरोध गर्ने कार्यक्रम तय गरेकोले यो समस्या सिमेन्ट उद्योगहरुको लागि मात्र सिमित नभएर नेपालकै उद्योग ब्यपारलाई प्रभावित गर्ने खालको भएको उनले टिप्पणी गरे ।  मधेस आन्दोलनताका वीरगन्ज सीमामा धर्ना गरेर नाका बन्द हुँदा आन्दोलनकारीलाई खानपिनको प्रबन्ध गरी सघाएका स्थानीय ब्यपारी महेश कुमार अग्रवालले नै फेरी पनि नाका बन्द गर्ने यस आन्दोलनको नेतृत्व गरेका हुन।

‘हामीलाई नेपाल वा नेपालीसंग कुनै विवाद छैन्, रेल्वेले धुलोवाला कार्गो ल्याउँदा प्रदुषण नियन्त्रण गर्ने ब्यवस्था मिलाउनु पर्छ, कि त्यसतो कार्गो अन्यत्र लैजानु पर्छ,’ अग्रवालले भने, ‘उद्योगहरुलाई बचाई राख्न रक्सोलका स्थानीयले ज्यान दिराख्नु पर्ने ? यस्तो अवस्थाको अन्त चाहेका छौं हामी ।’ किलिंकरबाट भइरहेको भनिएको प्रदखुषणले रक्सोलमा स्वासप्रस्वास रोगी र त्यसता रोगबाट मर्नेहरुको संख्या बढ्दो रहेको उनले दावी गरे ।

 

 

 

 

प्रकाशित: ३ पुस २०७४ १४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App