७ वैशाख २०८१ शुक्रबार
अर्थ

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच सम्झौता

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटलबीच हकप्रद सेयर निष्कासनको सम्झौता भएको छ।

इन्स्योरेन्सको गत असोज १० गते भएको २०औं वार्षिक साधारण सभाको निर्णय अनुसार १०:८ अनुपात (१० सेयर बराबर ८) मा हकप्रद सेयर जारी गर्न ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता भएको हो।

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।

श्रेष्ठले ८० प्रतशित हकपद सेयर निष्कासनपछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ९७ करोड २० लाख पुग्ने बताए। यसपछि बोनस सेयर दिई कम्पनीले चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्‍याउने गरी पुँजी वृद्धि योजना बिमा समितिमा पेस गरिएको उनको भनाइ छ।

प्रकाशित: ३ पुस २०७४ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App