coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा गठन नभएसम्म कांग्रेसले सरकार छाड्दैनः पौडेल

श्रीहरि पाैडेल

तनहुँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन्  । वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भने, ‘दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।’ राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु नहुने पौडेलको भनाइ छ ।

सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको विचार पनि पौडेलले बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताए । उनले राष्ट्रिय सभा गठन नभएसम्म संसद पूर्ण नहुने पनि स्पष्ट पारे ।

प्रकाशित: ३ पुस २०७४ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App