४ वैशाख २०८१ मंगलबार
राजनीति

माओवादी केन्द्रीय समितिमा फेरिएको दृश्य

पेरिसडाँडामा सोमबार बसेको माअाेवादी केन्द्रीय समिति बैठकमा सहभागी नेताहरु। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पछि नेकपा माओवादी केन्द्रको औपचारिक बैठक सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा बस्यो। करिव ४ हजार केन्द्रीय सदस्य रहेको माओवादीले निर्वाचन पछिको चुनावी समीक्षा गर्न पर्टीले केन्द्रीय समिति बैठक डाकेको हो। भर्खरै माओवादीमा पार्टी एकता गरेका गणेश शाह पनि बैठकमा अध्यक्ष पुष्पकमल दाहालसँगै मञ्चमा देखिए।

२०६४ को पहिलो संविधान सभाको निर्वाचन पछिको समीक्षामा दाहालसँगै मोहन बैद्य र डा. बाबुराम भट्टराईसँगै थिए। यो पटक दुवै नेता माओवादीबाट अलग भएर फरक पार्टीमा पुगेका छन्। दोस्रो संविधान सभाको समीक्षा हुँदा वैद्य एक छेउबाट हटेका थिए। संविधान निर्माणपछिको संसदीय निर्वाचनसम्म आइपुग्दा डा. भट्टराई अर्को छेउबाट टाढिए। प्रतिनिधि सभा र प्रदेश सभाको समीक्षाको यो औपचारिक बैठकमा पहिले माओवादीकै महासचिव रहेका र वैद्यसँग विभाजनमा गएका रामबहादुर थापा दाहालको बायाँ देखिए भने गणेश शाह दायाँ देखिए।

राष्ट्रिय सभा गठनको विषय राजनीतिक विषय भएकोले यसबारेमा नेपाली कांग्रेससँग पनि माओवादीले छलफल गर्ने भएको छ। पौडेलका अनुसार शीर्ष नेता बसेर यसबारेमा सहमति जुटाउने प्रयासमा माओवादी जानेछ। कांग्रेसले एकल संक्रमणीय मत प्रणालीका आधारमा राष्ट्रिय सभा गठन हुनु पर्ने भन्दै अध्यादेश ल्याउन दवाब बढाइरहेको छ। एमालेले त्यसको विरोध गर्दै आएको छ।

रोचक विषय यो छ कि संसदकै लागि भएको निर्वाचनमा पहिलो पटक सहभागी माओवादी पूर्ण संसदीय अभ्यासको तयारीमा रहँदा पेरिसडाँडामा दाहालको दायाँबायाँ बसेका नेताहरु कोही पनि सांसद होइनन्। दाहालको दायाँ रहेका गणेश शाह केही महिना अघि पार्टी एकीकरणबाट माओवादी भित्रिएका हुन्। उनी चुनाब लडेनन्। बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गोरखा-२ मा आफ्नै पूर्व सहयात्री डा.बाबुराम भट्टराईसँग पराजित भएका नेता हुन्।

एमालेसाँगको बाम गठबन्धनले देशभर लहर आउँदा माओवादी प्रत्यक्ष तर्फ दोस्रो ठूलो पार्टी छ। समानुपातिकसहितको मतपरिणाममा माओवादी तेस्रो हुँदैछ। सोमबार बसेको माओवादी केन्द्रिय कार्यालयको बैठक पार्टी एकता र राष्ट्रिय सभाको गठनमा केन्द्रित रहेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए।

'चुनाव पछिको राजनीतिक परिस्थिति, राष्ट्रिय सभाको गठन, समानुपातिक सांसद र नेकपा एमालेसँग हुने भनिएको पार्टी एकताको बारेमा बैठकमा छलफल भयो', पौडेलले नागरिकन्युजसँग भने, 'राष्ट्रिय सभाको गठनबारे देखिएको विवादमा राजनीतिक सहमति खोज्ने निष्कर्षमा पुगेका छौं।'

काँग्रेससँग छलफल गर्ने निर्णय

राष्ट्रिय सभा गठनको विषय राजनीतिक विषय भएकोले यसबारेमा नेपाली कांग्रेससँग पनि माओवादीले छलफल गर्ने भएको छ। पौडेलका अनुसार शीर्ष नेता बसेर यसबारेमा सहमति जुटाउने प्रयासमा माओवादी जानेछ। कांग्रेसले एकल संक्रमणीय मत प्रणालीका आधारमा राष्ट्रिय सभा गठन हुनु पर्ने भन्दै अध्यादेश ल्याउन दवाब बढाइरहेको छ। एमालेले त्यसको विरोध गर्दै आएको छ। काँग्रेस-एमालेबीच यो विषयले ध्रुवीकरण बढाइरहँदा बाम गठबन्धनकै एउटा प्रमुख घटक माओवादीले भने लचकता देखाउँदै काँग्रेससँग वार्ताको प्रस्ताव अघि सारेको हो।

आइतबार आयोजित वाम गठवन्धनको पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  प्रधानमन्त्रीको कुर्सीमा बसेर राष्ट्रपतिलाई असंवैधानिक काम गर्न दवाब निदन प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका थिए। राजनीतिको यही सेरोफेरोमा माओवादीले राष्ट्रिय सभा गठनबारे काँग्रेससँग पनि छलफल गर्ने निर्णय गरेको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र माओवादीको एकताबारे बजारमा नकारात्मक टिप्पणी नगर्न र त्यहीअनुसार सर्कुलर गर्न निर्देशन दिएका छन्। 'दुइ पार्टी (एमाले र माओवादी) एकताबारे नकारात्मक टिप्पणी नगर्न भनिएको छ', दाहाललाई उदृत गर्दै पौडेलले भने 'एकतालाई दायाँबायाँ हुन नदिने पहल माओवादीले गर्नेछ।' पार्टी एकताबारे दुई पार्टीका नेता रहेको एकता संयोजन समितिमार्फत अघि बढ्ने माओवादीले निर्णय गरेको छ।  पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने माओवादीले जनाएको छ।

आफ्ना उम्मेदवार ४० प्रतिशत स्थनामा मात्र भएकोले समानुपातिक तर्फ पार्टीको कम मत आएको माओवादीले निष्कर्ष निकालेको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरुले धारणा राखेका थिए। 

प्रकाशित: ३ पुस २०७४ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App