coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

उदयपुर- श्रीमतिको हत्या आरोपमा यहाँका एक पुरुष सोमबार पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारकी ४२ वर्षीया गीता भन्ने गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आईतबार बिहान घरमै झुण्डिएर मृत अवस्थामा फेला परेकी दाहालको श्रीमान्बाटै हत्या भएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। माईती पक्षले श्रीमानकै कर्तव्यका कारण बहिनीको ज्यान गएको भन्दै उजुरी दिएको आधारमा दाहाललाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए।

घटनाको दुईदिनअघि मात्र महिलामाथि घरेलु हिंसा भएको उजुरीका आधारमा प्रहरी टोली खटाएको उनले बताए। प्रहरी पुगेर पारिवारिक झगडा मिलाएर फर्केको दुईदिनपछि नै महिलाको मृत्यु हुनुले आशंका जन्माएको बताए।  

माईतीपक्षले हत्या नै हो भनेर जिकिर गरेका कारण दाहाललाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ । एसपी भट्टका अनुसार दाजु ओमराज राउतलगायत माईती पक्षले वर्षौंदेखि चेलीमाथि अत्याचार हुदै आएको हुनाले कर्तव्य ज्यान हुनसक्ने भन्दै कारबाहीको माग गरेका छन्। 

प्रकाशित: ३ पुस २०७४ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App