coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हारे पनि विकासको जिम्मा हाम्रै हो : पौडेल

तनहुँ – कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव हारेपनि सदैव जिल्लाको विकासमा लाग्ने बताएका छन् । पराजयपश्चात जिल्लाका विभिन्न स्थानका मतदातालाई भेटेर वधाई ज्ञापन गर्न पुगेका पौडेल व्यास १० बैरेनीको कार्यक्रममा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।
सोमबार बिहान ८ मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा मतदातालाई नेता पौडेलले चुनाव हारेपछि निराश भएर नबस्ने बताएका छन् । ‘प्रजातन्त्र खतरामा पर्दादेखि सक्रिय भएर प्रजातन्त्र जोगाउन लागिपरेको हुँदा चुनाव हार्दैमा सबै सकियो भनेर आत्तिएर बस्ने अवस्था अहिले छैन् । जिल्लाको विकासको लागि हामीहरु एकजुट भएर लागि पर्नुपर्छ,’उनले भने,‘२०४८ सालपछि विभिन्न चुनावमा हार र जित भएको रहेको हुन्छ । त्यसैले अहिले हारेर सबै सकियो भन्ने होइन ।’
कांग्रेसभित्र अन्र्तघातको श्रृंखला कृष्णप्रसाद भट्टराईको पालदेखि सुरु भएको उनले बताए । ‘कांग्रेसका सशक्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउने अन्र्तघात भएको थियो । अहिले देशभरी अन्र्तघात गरेर उभो लाग्ने जमात जताततै छन् । पार्टी जोगाउने भए अन्र्तघातीहरुलाई कारबाही नगरेसम्म कांग्रेसको औचित्य छैन् ।’
नेता पौडेल सोमबार मतदातालाई धन्यावाद दिन व्यास नगरपालिकाको खहरे, कलेस्ती, पाथ्रा, बानिँया डि, बर्लाची, रिस्ती र पुलिमराङ लगायत स्थानमा पुग्दैछन् । यसअघि आइतबार उनी आँबुखैरिनी,सत्रसय बरादी, बिमलनगर, डुम्रे, नाहाला, देउराली र कमलवारी लगायत स्थान पुगेर मतदातालाई धन्यवाद दिएका थिए ।

प्रकाशित: ३ पुस २०७४ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App