७ वैशाख २०८१ शुक्रबार
समाज

पुसे औंसीको अवसरमा बेत्रावतीमा श्राद्ध गरिँदै

रसुवा – पुसे औंसीको अवसरमा रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा पितृ तर्पण र श्राद्ध गर्नेको घुइँचो लागेको छ ।  त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर सोमबार बिहानैदेखि श्राद्ध गरिरहेका छन् ।
रसुवा र नुवाकोटमा बसोबास गर्ने हिन्दु र बौद्ध धर्मालम्बीहरुले उत्तरगयाधाम वेत्रावतीमा पुगेर श्राद्ध गरिरहेका उत्तरगया क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार पौषे औंशीमा मुलुकको विभिन्न स्थानबाट श्रद्धालुहरु दिवंगत पितृको नाममा पिण्ड तर्पण गर्न पवित्र तीर्थस्थल उत्तरगयाधाममा पुगेका छन् ।

हिन्दु धर्मालम्बीहरुको मुख्य चार धाम मध्ये नेपालमा रहेको एक मात्र उत्तरगया धाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको पण्डित, पुजारी र श्रद्धालुहरुले बताएका छन् । हिन्दु धर्मालम्बीहरुको पुराण अनुसार कालकूट विष पिई त्यसको राप शान्त पार्न भौतारिएर हिडेका महादेवले त्रिशुल प्रहार गर्दा उत्पन्न भएको त्रिशुली नदी र महादेवले नै बेतको लौरी खोप्दा उत्पत्ति भएको बेत्रगंगास्थित फलाँखु खोलाको संगमस्थल समेत भएकोले पवित्र भूमिको रूपमा उत्तरगया परिचित रहेको छ ।

चार धाम मध्ये नेपालमा रहेको मुख्य धाम उत्तरगया धाममा अघिल्लो वर्षहरुमा पाँच हजार जतिले श्राद्ध गर्ने गरेकोमा यसवर्ष करिब ८ देखि १० हजारले दिवंगत व्यक्तिको नाममा पिण्ड तर्पण गर्ने अनुमान गरिएको स्थानीय गणेश श्रेष्ठले बताए । उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ्ग, देवीघाट, र रसुवाको मैलुङसम्म फैलिएको छ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App