७ वैशाख २०८१ शुक्रबार
कला

‘घिनघिन मादल’ बनाउँदै आए सौगात

काठमाडौं- आगामी फागुन ११ गते रिलिज हुन लागेको फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत ‘घिन घिन मादल’ सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा पत्रकार तथा फिल्म युनिटमाझ गीत सार्वजनिक गरिएको हो ।
लोक फ्लेवरको गीतमा प्रमुख कलाकार सौगात मल्ल र जस्मिन श्रेष्ठले अभिनय गरेका छन् । अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको गीतमा प्रदीप भारद्वाजको शब्द र विकास चौधरीको संगीत छ । कविराज गहतराज गीतका कोरियोग्राफर हुन् ।
‘धौली’ र ‘अग्निदहन’ फिल्मको निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछाने फिल्मका निर्देशक हुन् । ‘ फिल्ममा एक गाउँका तीन पात्रको कथा समेटिएको छ । फिल्ममा हामीले निकै मेहनत गरेका छौं ’ उनले भने ।
नायक सौगातले फिल्ममा काम गर्दाको अनुभव सुनाउँदै गीत पनि राम्रो बनेकोमा खुशी व्यक्त गरे । अभिनेत्री जस्मिनले आफूले यसअघि निर्माता राजेश शाहीका केही फिल्ममा काम गरेको स्मरण गर्दै यो फिल्ममा पनि काम गर्न पाएकोमा आभार व्यक्त गरिन् ।
न्यु भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
राजेश गुरुङ निर्माता र सारा गुरुङ सह–निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व संगीत, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

प्रकाशित: ३ पुस २०७४ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App