coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

भोजपुर – निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आठ जना तारिखमा छुटेका छन् । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका १० मध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले भोजपुर सदरमुकामका सिद्धेश्वर, छिनामखु र बोयालगायत स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएका थियो । निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै उनीहरू तारिखमा छुटेका हुन् । पक्राउ परेका अन्य दुई जनाको विषयमा भने मुद्दा चलिरहेको प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए । अन्य आठ जनालाई प्रतिव्यक्ति एक हजार धरौटी लिएर तारिखमा छाडिएको हो ।

प्रकाशित: ३ पुस २०७४ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App